+
+
Shares

त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विमानस्थलमा पहिलो पटक सार्वजनिक स्थानमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ।
  • हेल्थ एडभान्समेन्ट प्रोग्राम इन साउथ एसिया  (एचएपीएसए) नेपालले सो उपकरण जडान गरेको हो।
  • एईडी मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गरी बिरामीको ज्यान बचाउन सहयोग गर्ने उपकरण हो ।

२४ चैत, काठमाडौं । त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ । विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो ।

एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गरी बिरामीको ज्यान बचाउन सहयोग गर्ने जीवनरक्षक उपकरण हो । हेल्थ एडभान्समेन्ट प्रोग्राम इन साउथ एसिया  (एचएपीएसए) नेपालले सो उपकरण जडान गरेको हो ।

यस्ता उपकरण सार्वजनिक स्थानमा उपलब्ध हुनु आपत्‌कालीन स्वास्थ्य सुरक्षातर्फको ठूलो कदम भएको एचएपीएसएले जनाएको छ । यस पहलमार्फत एचएपीएसए नेपालले समुदायस्तरमा जीवन रक्षक सिपहरूको प्रबर्द्धन गर्न समेत जोड दिएको छ । एईडी प्रयोग सम्बन्धी तालिम लिन इच्छुक व्यक्तिले सो संस्थासँग सम्पर्क गर्न समेत सकिने एचएपीएसए नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?