+
+
Shares

वैदेशिक रोजगार विभागमा बिचौलिया निषेध

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले सेवा लिन आउने व्यक्ति तथा संस्थाका प्रतिनिधिले आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरेको छ।
  • विभागले अनधिकृत व्यक्ति वा प्रतिनिधिबाट हुने सम्भावित दुरुपयोग तथा अनियमितता नियन्त्रण गर्न यो व्यवस्था गरेको छ।
  • विभागले सम्बन्धित सबै सरोकारवालालाई नियम पालना गर्न आग्रह गर्दै अनावश्यक प्रलोभन र पैसा लिने कार्य निस्तेज पार्न सचेत गराएको छ।

२४ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा लिन आउने व्यक्ति तथा संस्थाका प्रतिनिधिले अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागु गरेको छ ।

विभागले जारी गरेको सूचनाअनुसार, विभागबाट इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने संस्था तथा अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाका सञ्चालक वा प्रतिनिधिले सेवा लिन आउँदा सम्बन्धित संस्थाले प्रदान गरेको परिचयपत्र वा कानुनबमोजिमको व्यवसायी परिचयपत्र र अधिकारपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ ।

विभागले यस्ता कागजात नदेखाई सेवा लिन वा विभागमा कार्य गर्न नपाइने स्पष्ट पारेको छ । अनधिकृत व्यक्ति वा प्रतिनिधिबाट हुने सम्भावित दुरुपयोग तथा अनियमितता नियन्त्रण गर्नका लागि यो व्यवस्था गरिएको जनाइएको छ ।

विभागले सम्बन्धित सबै सरोकारवालालाई उक्त व्यवस्था पालना गर्न आग्रह गर्दै, नियम विपरीत कार्य नगर्न सचेत गराएको छ ।

हाल विभिन्न सरकारी कार्यालयहरूले बिचौलिया निषेधित गर्दै आएका छन् । सोही क्रममा विभागले समेत सेवाग्राहीलाई अनावश्यक प्रलोभन पार्ने, काम गराइदिन्छु भनेर पैसा लिने कार्यलाई निस्तेज पार्न यस्तो कदम चालिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?