+
+
Shares

बहुविवाह गरेर फरार जोडी २९ वर्षपछि पक्राउ

प्रहरीका अनुसार सजायबाट बच्न दुवै आफ्नो वास्तविक पहिचान लुकाएर भारतमा बस्दै आएका थिए ।

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८२ चैत २४ गते १७:५९

२४ चैत, स्याङ्जा । बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भएर २९ वर्षदेखि फरार रहेको एक जोडी पक्राउ परेको छ । बिरुवा गाउँपालिका–४ का ५२ वर्षीय उमाकान्त पोखरेल (हुमबहादुर थापा) र ४६ वर्षीया शारदादेवी पोखरेल रहेका छन् ।

प्रहरीको विशेष अपरेसन टोलीले मंगलबार दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीले जानकारी दिए ।

उनीहरूविरुद्ध २०५३ वैशाख १९ गते बहुविवाह मुद्दा दर्ता भएको थियो । स्याङ्जा जिल्ला अदालतले सो मुद्दामा दुवै जनालाई दोषी ठहर गर्दै दुई–दुई महिना कैद सजाय तोकेको थियो । तर फैसला कार्यान्वयन हुनुअघि नै उनीहरू फरार भएका थिए ।

प्रहरीका अनुसार सजायबाट बच्न दुवैले आफ्नो वास्तविक पहिचान लुकाएर भारतमा बस्दै आएका थिए । अनुसन्धानका क्रममा उनीहरूको ‘लोकेसन’ पत्ता लगाएर पक्राउ गरिएको डीएसपी चौधरीले बताए ।

पक्राउपछि दुवैलाई अदालतमा उपस्थित गराएको छ । अदालतले कैद भुक्तानका लागि दुवै जनालाई जिल्ला कारागार स्याङ्जा चलान गरेको छ ।

प्रहरीले पछिल्लो समय अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादी खोजी अभियान तीव्र बनाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?