News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटका बाबुनन चौधरी कलवरलाई नक्कली नागरिकतासम्बन्धी कसुरमा काठमाडौंको कलङ्कीबाट पक्राउ गरिएको छ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी रौतहट जिल्ला प्रहरी कार्यालय पठाएको छ।
- उनविरुद्ध गत भदौ २ गते रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
२४ चैत, काठमाडौं । नागरिकसम्बन्धी कसुरमा एक जना पक्राउ परेका छन् । नक्कली नागरिकतासम्बन्धी कसुरमा रौतहटका बाबुनन चौधरी कलवर काठमाडौंको कलङ्कीबाट पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौटहट पठाइएको छ ।
उनीविरुद्ध गत भदौ २ गते रौटहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । फरार रहेका उनलाई आज मंगलबार पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4