News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा थप कागजात अनिवार्य देखाउनुपर्ने व्यवस्था लागू गर्ने जनाएको छ।
- श्रमिकले गन्तव्य मुलुकको हवाई टिकट, टिकटको बिल/रसिद र म्यानपावर कम्पनीमार्फत जाने भए सेवा शुल्कको आधिकारिक रसिद अनिवार्य देखाउनुपर्ने विभागले बताएको छ।
- विभागले इजाजतप्राप्त संस्थालाई सेवा शुल्क लिँदा भौचर/रसिद उपलब्ध गराउन निर्देशन दिएको र नियम पालना नगर्दा यात्रा प्रभावित हुन सक्ने चेतावनी दिएको छ।
२४ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन) जाँदा थप कागजात अनिवार्य गरिएको छ ।
वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा थप कागजात देखाउनुपर्ने भएको छ । तोकिएका कागजात नहुँदा विदेश जान समस्या हुन सक्ने भन्दै विभागले अनिवार्य रूपमा थप कागजात साथमा राख्न अनुरोध गरेको छ ।
सूचनाअनुसार श्रमिकले गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल/रसिद (संस्थागत तथा व्यक्तिगत दुवै) देखाउनुपर्नेछ । त्यस्तै म्यानपावर कम्पनीमार्फत जाने भए सो संस्थालाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद समेत अनिवार्य गरिएको छ ।
विभागले सबै इजाजतप्राप्त संस्थालाई वैदेशिक रोजगारीसम्बन्धी सेवा शुल्क लिँदा श्रमिकलाई अनिवार्य रूपमा भौचर/रसिद उपलब्ध गराउन पनि निर्देशन दिएको छ । विभागले श्रमिकलाई आवश्यक कागजात पूरा गरेर मात्रै विमानस्थल जान आग्रह गर्दै नियम पालना नगर्दा यात्रा प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया 4