+
+
Shares

अमेरिका–इरान युद्धविरामप्रति इजरायलको समर्थन, लेबनानमा भने लागू नहुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलले अमेरिका र इरानबीच भएको दुई साताका लागि युद्धविरामलाई समर्थन गरेको छ।
  • इजरायलले लेबनानमा युद्धविराम लागू नहुने स्पष्ट पारेको छ।
  • इजरायलले इरानले होर्मुज स्ट्रेट खोल्न र हमला बन्द गर्नुपर्ने माग राखेको छ।

२५ चैत, काठमाडौं । इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको घोषणा मान्ने भएको छ । तर, उसले लेबनानमा भने युद्धविराम लागू नहुने प्रष्ट्याएको छ ।

इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलामा समर्थन गर्दछौं, जसमा इरानमाथि दुई साताका लागि हमला नगरिने उल्लेख छ । बिना शर्त इरानले तत्काल होर्मुज स्ट्रेट खोलोस् र अमेरिका, इजरायल र अन्य देशमाथि हमला बन्द गरोस् ।’

अमेरिकाले इरान परमाणु हतियार, मिसाइल अथवा आतंकको खतरा नबनोस् भनेर गरिरहेको प्रयासमा इजरायलले समर्थन गरिरहेको बयानमा भनिएको बीबीसीले जनाएको छ ।

‘अमेरिकाले इजरायलसँग ती लक्ष्य हासिल गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ,’ बयानमा भनिएको छ, ‘आगामी छलफलमा अमेरिकाले ती लक्ष्यहरू हामी र हाम्रा क्षेत्रीय सहयोगीहरूसँग साझा गर्ने छ ।’

उता पाकिस्तानका प्रधानमनत्री शहबाज शरिफले ‘एक्स पोस्ट’मा लेबनानमा पनि युद्धविराम लागू हुने उल्लेख गरेका छन् । तर, इजरायलले भने लेबनानमा युद्धविराम लागू नहुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?