+
+
Shares

‘५० प्रभावशाली महिला’ बनेपछि आश्मा : सपना बाँच्न पाएँ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १२:१०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डान्सर आश्मा विश्वकर्माले अनलाइनखबरको ‘५० प्रभावशाली महिला २०८२’ सूचीमा समावेश हुन पाउँदा सपनाजस्तो लागेको बताएकी छन्।
  • आश्माले अवार्डपछि आफ्नो मिहेनतमा अझै केन्द्रित भएर देशको नाम उच्च बनाउन चाहेको उल्लेख गरेकी छन्।
  • उनी १६ वर्षको उमेरदेखि ‘बी गर्ल’ डान्सर हुन् र ‘कार्टुन्ज क्रू’ समूहसँग आबद्ध छिन्।

काठमाडौं । चर्चित डान्सर आश्मा विश्वकर्माले अनलाइनखबरको ‘५० प्रभावशाली महिला २०८२’ को सूचीमा सामेल भएपछि उत्साहपूर्ण प्रतिक्रिया दिएकी छन् ।

यो सम्मान ग्रहण गर्न पाउँदा आफूलाई सपनाजस्तै लागेको र आफूले सपना बाँचेको उनले बताएकी छन् ।

यो अवार्डपछि आफ्नो मिहेनतमा अझै केन्द्रित हुन मन लागेको बताउँदै आश्माले आफ्नो देशको नाम अझै उच्च भएको हेर्न चाहेको बताएकी छन् ।

भन्छिन्, ‘धन्यवाद । म र मेरो परिवार धेरै खुसी छौं । यो अवार्ड पाएपछि मेरो मिहेनतमा अझै बढी फोकस गर्न मन लागिरहेको छ । मलाई धेरै माया गर्ने शुभचिन्तक, उहाँहरुले गर्दा सपनामा छु जस्तो लागेको थियो । सपनालाई बाँच्न पाएँ ।’

सम्मानले आफूलाई अझै जिम्मेवार बनाएको उनको भनाइ छ । ‘आगामी दिनमा उत्कृष्ट काम गर्न, कलामार्फत समाजमा सकारात्मक सन्देश दिन र नेपाली कला संस्कृतिलाई अझै उच्च स्थानमा पुयाउन प्रेरित गरेको छ’ उनले भनेकी छन् ।

२८ वर्षिया आश्मा डेढदशकदेखि अनवरत नृत्य पेशामा संलग्न छिन् । उनी मुलुकको पहिलो ‘बी गर्ल’ डान्सर हुन् । सामाजिक संजालमार्फत उनी विश्वभर चर्चित पनि छिन् । १६ वर्षको उमेरमै बी गर्ल भनेर उनले नृत्यको संकल्पलाई अघि बढाएकी थिइन् ।

उनी चर्चित डान्स समूह ‘कार्टुन्ज क्रू’ सँग पनि आबद्ध छिन् ।

नेपालकी डान्स आइकन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?