+
+
Shares

रुझेको काठमाडौं (तस्वीरहरू)

वर्षाका कारण विभिन्न कामले घरबाहिर निस्किएका सर्वसाधारणहरू प्रभावित बने ।

विकास श्रेष्ठ    विकास श्रेष्ठ   
२०८२ चैत २५ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको बताएको छ।
  • महाशाखाले मधेश, कोशी, बागमती प्रदेशका तराईका स्थानमा सतर्कता अपनाउन सर्वसाधारण र यातायात सञ्चालनकर्तालाई अनुरोध गरेको छ।

२५ चैत, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा वर्षा भयो । बिहानैदेखि धुम्म रहेको काठमाडौं उपत्यकामा आज दिनभरि जस्तो नै वर्षा भयो ।

वर्षाका कारण विभिन्न कामले घरबाहिर निस्किएका सर्वसाधारणहरू प्रभावित बने । मौसम पूर्वानुमानबारे जानकार रहेकाहरू छाता, रेनकोट ओडेर आफ्नो गन्तव्यमा गइरहेको देखिन्थे भने केही रुझेर काठमाडौंका सडकमा हिँडेको देख्न सकिन्थ्यो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली भयो । ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भयो ।

महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।

मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?