+
+
Shares

सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १८:१०
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा करेन्ट लागेर पाँच वर्षे बालक वियान्शको मृत्यु भएको छ।
  • बालकलाई करेन्ट लाग्दा गम्भीर घाइते बनाएपछि उपचारका क्रममा ईश्वरपुर नगर अस्पतालमा मृत घोषणा गरिएको हो।
  • प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

२५ चैत, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ११ बजे स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जडान गरी आफ्नै खेतमा सिँचाइ गरिरहेका बेला नजिकै खेलिरहेका राम बैलकोटीका ५ वर्षीय छोरा वियान्शलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राइले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास लगिए पनि उपचारका क्रममा दिउँसो करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?