News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषणका दोषीलाई कारबाही गर्न विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।
- शिक्षा मन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थामा हुने दुर्व्यवहार विरुद्ध ’शून्य सहनशीलता’ नीति अङ्गीकार गरिएको बताए।
- मन्त्री पोखरेलले पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने र गुनासो दर्ता गर्न आग्रह गरेका छन् ।
२५ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषणका घटनाका दोषीलाई कारबाही गर्न विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ ।
शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार, शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ’शून्य सहनशीलता’ को नीति अङ्गीकार गर्दै संयन्त्र सञ्चालन गरिएको हो ।
‘विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुव्र्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ,’ मन्त्री पोखरेलले भने ।
पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता जनाउँदै मन्त्री पोखरेलले गुनासो दर्ता गर्न भनेका छन् । ‘सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ,’ उनले भने ।
प्रतिक्रिया 4