+
+
Shares

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशत घट्यो, ६९९ रुपैयाँमै पाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड ग्राहकका लागि अनलिमिटेड डेटा, कल र एसएमएस सहित ६९९ रुपैयाँको कम्बो प्याक सञ्चालनमा ल्याएको छ।
  • यो प्याकले १ हजार ९९९ रुपैयाँको पुरानो प्याकको तुलनामा ६५ प्रतिशत शुल्क घटाएको छ र २८ दिनसम्म मान्य छ।
  • ग्राहकले एस्ट्रिक्स १२३ ह्यास डायल, एनसेल एप, सेन्टर वा पसलबाट यो प्याक लिन सक्नेछन् र लायन्स गेट प्लेका सामग्रीमा निःशुल्क पहुँच पाउनेछन्।

२५ चैत, काठमाडौं । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रुपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधा रहेका छन्, जसले ग्राहकहरुलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्छ ।

कम्पनीले यसअघि प्रदान गर्दै आएको १ हजार ९९९ रुपैयाँको कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाको मूल्य ६५ प्रतिशतले घटाएको छ । कर सहित ६९९ रुपैयाँ शुल्क पर्ने यो कम्बो प्याकको समयावधि २८ दिन रहेको छ ।

‘कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशता हुन्’ एनसेलले भनेको छ ।

ग्राहकले सजिलै एस्ट्रिक्स १२३ ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिने छ । ‘यो सुविधाले ग्राहकको जीवनलाई नन् स्टप र डिजिटल बनाउँदै सधैं अन रहन सहयोग पुर्‍याउने विश्वास लिएका छौं’ एनसेल चिफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।

अनलाइनमार्फत कारोबार, किनमेल, वर्क फ्रम होम, पढाई, गेमिङ वा मनोरञ्जन सबैका लागि डेटा सेवाको महत्त्व धेरै रहन्छ । कम्पनीका अनुसार यो प्याकले मनोरञ्जनाका लागि ग्राहकलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीहरूमा पहुँच सुनिश्चित गर्नेछ ।

‘यसमा हलिउडका हिट फिल्मदेखि लिएर, टीभी सो, लायन्स गेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र लगायतका सामाग्रीहरु रहेका छन् जसले ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दछ’ एनसेलले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?