+
+
Shares

मानव बेचबिखन आरोपमा चार जना पक्राउ

आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्याएको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १५:०४

२६ चैत, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–१२ की  ३० वर्षीया वास्नामाया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी पक्राउ परेका छन् । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट परिचालन भएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको तथा केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्याएको अनुसन्धानबाट खुलेको जनाइएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?