News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
- उपसभामुखमा रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाको उम्मेदवारी परेको छ।
- रास्वपाले रुबीकुमारीलाई समर्थन गरेपछि उपसभामुखमा उनको निर्वाचित हुनु निश्चित छ।
२६ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।
उपसभामुखमा ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामाको उम्मेदवारी परेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तय भएको निर्धारित समयमा दुई जनाको उम्मेदवारी परेको होे ।
भोलि शुक्रबार निर्वाचन हुनेछ । श्रम संस्कृतिको उम्मेदवार रुबीकुमारीलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गरेको छ ।
सभामुख र उपसभामुख फरक दल र लिंग हुनुपर्ने व्यवस्था छ । यसअघि नै रास्वपाबाट डिपी अर्याल सभामुख निर्वाचित भइसकेका छन् ।
प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन् ।
रास्वपाले समर्थन गरेसँगै श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।
श्रम संस्कृतिका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपाका सांसद युवराज दुलालले जानकारी दिए ।
प्रतिक्रिया 4