News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले रिक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने भएका छन्।
- दीपककुमार साहलाई पदमुक्त गरेपछि मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरिएको छ।
- राष्ट्रपति कार्यालयलाई सूचना पठाएर नयाँ कार्यविभाजनको निर्णय गरिएको हो।
२६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रिक्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि तत्काललाई आफैँसँग राख्ने भएका छन् ।
दीपककुमार साहलाई मन्त्रीबाट पदमुक्त गरेपछि मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर भएको हो ।
मन्त्रिपरिषद्मा भएको हेरफेरको सूचना राष्ट्रपति कार्यालयलाई पठाएका छन् । त्यसको आधारमा राष्ट्रपतिले कार्यविभाजन गरेका हुन् ।
दीपककुमार साहलाई प्रधानमन्त्रीले आज बिहीबार नै पदमुक्त गरेका हुन् । पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै पार्टी (रास्वपा) सभापतिको सिफारिसमा प्रधानमन्त्री बालेन शाहले उनलाई पदमुक्त गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4