News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले जेनजी आन्दोलनका छुट भएका ८ शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।
- यो निर्णय ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गरेको हो।
- प्राधिकरणले यसअघि २७ शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ।
२६ चैत, काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।
जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कार्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्था अनुसार छुट भएका ८ जना शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको उर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
प्राधिकरणले यसअघि नै २७ जना शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ ।
थप ८ शहीद परिवारमध्ये रोजित श्रेष्ठ बनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शितल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लम्जुङ रहेका छन् ।
प्रतिक्रिया 4