२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । हप्तामा दुई दिन सार्वजानिक बिदा हुँदा स्वास्थ्य सेवा अस्तव्यस्त हुने गुनासो आएसँगै सो निर्णय गरेको हो । सरकारले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार बिदा दिने निर्णय गरिसकेको छ ।
सार्वजनिक विदाका कारण स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।
मन्त्रालय सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सार्वजनिक बिदा भए पनि अस्पतालहरूले कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ ।
‘देशभरका अस्पताल र सम्बन्धित निकायलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छौं,’ डा. अधिकारीले भने, ‘कर्मचारी व्यवस्थापनतर्फ भने हप्तामा शनिबार बाहेक अर्को एक दिन बिदा दिने भनेका छौं ।’
यदि सो अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले भनेको छ ।
उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई भनिएको छ ।
प्रतिक्रिया 4