+
+
Shares

जलेका गाडीकाे नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले गरे इन्धन दुरुपयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १२:३५
जेनजी आन्दोलनका क्रममा आक्रोशित भिडले रामशाहपथ स्थित मन्त्रालयको भनवमा गरेको आगजनी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्री निशा मेहताले इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्।
  • जेनजी आन्दोलनका क्रममा जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन लिने गरेको खुलेको छ।
  • मन्त्री मेहताले प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिन गर्ने जिम्मेवारी दिएकी छिन्।

१५ वैशाख, काठमाडौं । २३ र २४ भदौकाे जेनजी आन्दाेलनमन जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन दुरुपयोग गरेका छन् ।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी हुन् ।

‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिन गर्ने जिम्मेवारी दिएकी छिन् ।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेका थिए ।

त्यसैगरी स्वास्थ्य र खानेपानी मन्त्रालय मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?