News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले संसद्मा संख्या नभइ भूमिका महत्वपूर्ण हुने बताएका छन्।
- शाहीले भने, 'संसद्मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ' र संख्या केवल सत्ता टिकाइराख्न काम लाग्ने बताए।
- उनले राप्रपा वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै संवैधानिक व्यवस्थाको विकल्प प्रस्तुत गरिरहेको दल भएको उल्लेख गरे।
२७ चैत, काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले संसद्मा संख्या नभइ भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संख्या केवल सत्ता टिकाराख्न मात्रै काम लाग्ने जिकिर गरे ।
‘संसद्मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भइराख्न काम लाग्छ,’ उनले भने ।
राप्रपा वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै अघि बढेको जिकिर गरे ।
‘राप्रपा वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै संवैधानिक व्यवस्थासँग सहकार्य गर्र्द वर्तमान व्यवस्थाको विकल्प प्रस्तुत गरिरहेको र पृथ्वीनारायण शाहको दिव्य उपदेशमा विश्वास गर्ने सम्वर्द्धनवादी दल हो,’ शाहीले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4