+
+
Shares

ज्ञानेन्द्र शाहीले भने- एक थान उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफूहरूको लागि प्राथमिकताको विषय नभएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफूहरूको प्राथमिकताको विषय नभएको बताएका छन्।
  • प्रतिनिधिसभामा उपसभामुखमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी ठाकुरको उम्मेदवारी परेको छ।
  • शाहीले रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको र उपसभामुख पद प्राथमिकता नभएको स्पष्ट पारेका छन्।

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफूहरूको लागि प्राथमिकताको विषय नभएको बताएका छन् ।

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ ।

लामाको उम्मेदवारीमा शाही प्रस्तावक रहेका छन् । प्रस्तावकको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको छ ।

‘एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन र छैन’ उनले भने । तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?