News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्लाई कटाक्षको थलो नबनाउन र राष्ट्र निर्माणको थलो बनाउनुपर्ने बताउनुभयो।
- सांसद सिंहले सरकार सुशासन, भ्रष्टाचार अन्त्य र दिगो विकासमा सबैसँग हातेमालो गरेर अघि बढ्ने उल्लेख गर्नुभयो।
- उहाँले ३०/३५ वर्षदेखि जनता ठगिँदै आएको भन्दै जनतालाई ठग्ने कामबाट मुक्त गर्नुपर्ने बताउनुभयो।
२७ चैत, काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्लाई कटाक्षको थलो बनाउन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले संसद्लाई एकअर्कालाई घोचपेचको थलो बनाउन नहुने बताए ।
रास्वपा देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने, दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा अघि बढ्न तयार रहेको उनले बताए ।
उनले भने, ‘यो सरकारको तर्फबाट देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा जान्छौं । यो संसद्लाई कटाक्षको थलो नबनाऔं । एकअर्कालाई घोचपेचको थलो नबनाऔं । यसलाई हामी एउटा राष्ट्र निर्माणको थलो बनाऔं । राष्ट्र नीति निर्माणको थलो बनाऔं ।
सांसद सिंहले ३०/३५ वर्षदेखि जनता ठगिँदै आएको भन्दै जनतालाई ठग्ने कामबाट मुक्त गर्नुपर्ने बताए ।
जनताले विकास, सुशासन र भ्रष्टाचार मुक्त देश खोजेको उनको भनाइ छ ।
प्रतिक्रिया 4