+
+
Shares

संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ

‘खाली हामीले टेबुल कुर्सी ठोकेर, टुबुल कुर्सीमाथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन । हाम्रो दुई हात छ, मन लाग्दा ताली ठोक्यो भने कति राम्रो होला,’ साम्पाङले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा समर्थन जनाउँदा टेबुल नठोकेर ताली बजाउने नयाँ अभ्यासको सुरुवात गर्न आग्रह गर्नुभएको छ।
  • साम्पाङले टेबुल कुर्सी ठोकेर समर्थन गर्ने शैली राम्रो नदेखिएको उल्लेख गर्नुभएको छ।
  • प्रतिनिधि सभा बैठकमा उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्दा केही सांसदले ताली बजाएर साम्पाङको प्रस्तावलाई समर्थन गरेका छन्।

२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा समर्थन जनाउँदा टेबुल नठोकेर ताली बजाउने नयाँ अभ्यासको सुरुवात गर्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्न आह्वान गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अलिक अनौठो खालको बोलिन्छ । एकचोटी म फेरि अर्को अनुरोध के गर्न चाहन्छु भने आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला ?,’ साम्पाङको अनुरोध थियो ।

साथै, उनले टेबुल कुर्सी ठोकेर समर्थन गर्ने शैली त्यति राम्रो नदेखिएको जिकिर गरे ।

‘खाली हामीले टेबुल कुर्सी ठोकेर, टुबुल कुर्सीमाथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन । हाम्रो दुई हात छ, मन लाग्दा ताली ठोक्यो भने कति राम्रो होला,’ साम्पाङले भनेका छन् ।

त्यसपछि केही सांसदले ताली बजाएरै उनको प्रस्तावलाई समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?