News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरमा सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको बिस्का जात्रा २७ चैतदेखि नौ दिन आठ रातसम्म सुरु भएको छ।
- भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैरवनाथको रथ तानातान गरी जात्राको सुरुवात गरिएको हो।
- पाँचतले मन्दिर परिसरमा धिमे बाजासहित नेवारी समुदायले विशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए।
२७ चैत, काठमाडौं । भक्तपुरमा बिस्का जात्रा सुरु भएको छ ।
सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको हो ।
साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुवात गरिएको हो ।
अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने प्रचलन छ ।
जात्राको पूर्वसन्ध्यामा बिहीबार विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
पाँचतले मन्दिर (तःमारी) परिसरमा मा श्री नाःस हैः मा बाजँ समूहको आयोजनामा विशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । नेवारी समुदायले संयुक्त रूपमा धिमे बाजासहित नृत्य प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया 4