News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढीमा उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको अवस्थामा भागेका लागूऔषध मुद्दाका थुनुवा मुकेश रानालाई भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको छ।
- रानालाई २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो र बिहीबार साँझ मिर्गी आएपछि उपचारका लागि अस्पताल लगिएको थियो।
- उपचारकै क्रममा प्रहरीको निगरानीमा रहेका राना राति करिब पौने ९ बजेतिर अस्पतालबाट फरार भएका थिए र प्रहरीले उनको खोजी तीव्र पारेको थियो।
२७ चैत, धनगढी । उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको अवस्थामा भागेका लागूऔषध मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको निगरानीमा रहेका बेला शुक्रबार राति अस्पतालबाट भागेका धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश राना भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी–९ को बाङ्ग्रा कटानबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले रानालाई भारततर्फ भाग्दै गरेको अवस्थामा अहिले ९ बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुुसार रानालाई जिप्रकातर्फ ल्याइँदैछ ।
रानालाई २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो। बिहीबार साँझ करिब ५ बजेतिर मिर्गी आएर ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
तर, उपचारकै क्रममा होस खुलेपछि प्रहरीको निगरानीमा रहेका राना राति करिब पौने ९ बजेतिर अस्पतालबाट फरार भएका थिए । त्यसपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।
प्रतिक्रिया 4