+
+
Shares

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबीकुमारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते २२:००

२७ चैत, काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुबीकुमारीले श्रम संस्कृति पार्टीको जिम्मेवारीबाट अलग भएकी छन् ।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई शुक्रबार बुझाएको राजीनामा पत्रमा तटस्थ व्यक्तिको हैसियतले संविधान र कानूनले तोकेको जिम्मेवारी पुरा गर्न पार्टी छोडेको उल्लेख छ ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी उपसभामुख निर्वाचित भएकी हुन् । सदनमा उपस्थित २५६ मध्ये २२९ जनाले उनको पक्षमा मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?