+
+
Shares

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २७ वर्षीय जय श्रीराम रायको मृत्यु भएको छ।
  • दुर्घटना भरतपुर महानगरपालिका–५ सापकोटा चोकस्थित सडकमा शनिबार दिउँसो भएको थियो।
  • स्कुटर चालकलाई नियन्त्रणमा लिइएको र घाइते एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

२८ चैत, काठमाडौं । चितवनमा मोटरसाइकल र स्कुटर एक आपसामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ सापकोटा चोकस्थित सडकमा प्र.२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र.३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियो ।

शनिबार दिउँसो भएको सो दुर्घटनामा परे मोटरसाइकल चालक सोही महानगरपालिका–५ शान्ति चोक बस्ने बारा घर भएका २७ वर्षीय जय श्रीराम रायको मृत्यु भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, स्कुटर चालकलाई भने नियन्त्रणमा लिइएको जानकारी गराउँदै थप अनुसन्धान अघि बढेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?