+
+
Shares

जाजरकोटमा ग्यास लिक भएर आगलागी, ३ जना घाइते

घाइतेको हेलिकोप्टरबाट उद्धार

स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीबाट माया जैसी, गणेश गौतम र रूपा जैसी घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन्।
  • घाइतेहरू माया जैसी, गणेश गौतम र रूपा जैसी हुन् भने उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी नेपालगञ्ज लगिएको छ।
  • जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्रबहादुर शाहीले उक्त जानकारी दिएका छन्।

२९ चैत, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीबाट माया जैसी, गणेश गौतम र रूपा जैसी घाइते भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्रबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार घाइतेहरूलाई नेपाली सेनाको पश्चिम हवाई बेस सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी नेपालगञ्ज लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?