+
+
Shares

एमालेबाट निर्वाचित नगर प्रमुख प्रेमलाल आजपा प्रवेश  

रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आजपामा प्रवेश गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको देवाही गोनाही नगरपालिका मेयर प्रेमलाल साह नेकपा एमालेबाट आजपा पार्टीमा प्रवेश गरेका छन्।
  • आइतबार देवाही गोनाहीमै आयोजित कार्यक्रममा मेयर साहसहित वडा अध्यक्ष रामप्रवेश पटेल र बिरबहादुर साह आजपामा प्रवेश गरेका हुन्।
  • आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा स्वागत गर्नुभएको छ।

२९ चैत, काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार थिए र चुनाव जितेका थिए ।

आइतबार देवाही गोनाहीमै आयोजित कार्यक्रममा मेयरसाह सहित देवाही गोनाही नगरपालिका-४ का अध्यक्ष रामप्रवेश पटेल, वडा नम्बर ९ को वडा अध्यक्ष बिरबहादुर साह आजपामा प्रवेश गरेका हुन् ।

आजप अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?