+
+
Shares

संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दल नेता चयन गर्न मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दल नेता चयनका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने बताएका छन्।
  • कांग्रेसले वैशाख २ गते संसदीय दल नेताको निर्वाचाचन तालिका ल्याउने र ४ गते निर्वाचन गर्ने बताइसकेको छ।
  • केसीले संसदीय दलको नेता चयनमा योग्यतामा आधारित न्यायोचित निर्णय गर्नुपर्ने र ढिलाइ नगरौं भनेका छन्।

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दल नेता चयन गर्न मापदण्ड बनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

कांग्रेसले वैशाख २ गते संसदीय दलको नेताको निर्वगाचनको तालिका ल्याउने र ४ गते निर्वाचन गर्ने बताइसकेको छ । केसी आफैँ पनि संसदीय दलको नेताको आकांक्षी हुन् ।

यस्तो छ उनको भनाइ छ 

प्रतिनिधिसभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा पार्टीभित्र बहस र बाहिर चासो हुनु स्वाभाविक हो। तर ‘को’ किन र ‘कस्तो’ नेता चाहिन्छ भन्नेमा हाम्रो स्पष्ट मापदण्ड तय हुनु आवश्यक छ।

मेरो कारणले ढिलाइ भयो भन्ने वा नाता र नेताका भास्य पनि बाहिर छ्याप्छ्यप्ती आएका छन्। यो असत्य र भ्रामक हो। मैले पार्टीभित्र र सार्वजनिक रूपमा नै भनिनै सकेको छु- सहमतिको मापदण्ड बनाऔं र सकेसम्म सर्बसम्मति गरौं। मेरो पूर्ण समर्थन हुनेछ।

सबैभन्दा युवालाई गरौं वा सबैभन्दा वरिष्ठलाई, प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित हुँदैन। तर पनि निर्वाचित नै गर्न हो भने निश्चित मापदणडको आधारमा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णयमा पुगौं।

संसदीय दलको नेता केबल पद होइन, प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो। त्यसैले ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक छ। सहमति हुन नसके तत्काल निर्वाचनमार्फत निर्णय मा पुगौं, अब ढिलाइ नगरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?