+
+
Shares

मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर

मन्त्री सीता वादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते २०:०९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
  • मन्त्री वादीसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप, दुई वटा मोबाइल, नगद ५० हजार र बैंकमा १५ लाख रुपैयाँ रहेको छ।
  • उनको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा र सुन १८ तोला, चाँदी १५ तोला रहेको छ।

२९ चैत, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् ।

मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

उनको श्रीमान्‍सँग पल्सर मोटरसाइकल रहेको उल्लेख छ ।

नगद ५० हजार रुपैयाँ र बैंककमा उनी र श्रीमान्‍को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन-चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?