+
+
Shares

अमेरिका–इरानबीच दोस्रो चरणको वार्ता हुनसक्ने चर्चा चलेपछि कच्चा तेलको मूल्यमा गिरावट

यही विषयमा मध्यमार्गी प्रस्ताव आएर शान्ति सम्झौता हुनसक्ने र फेरि दोस्रो चरणमा वार्ता हुनसक्ने चर्चा भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १५:२०

१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिएको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल(ब्रेन्ट क्रूड’को मूल्यमा गिरावट आएको छ । इरान र अमेरिकाबीच दोस्रो चरणको शान्तिवार्ताको आशा जागेपछि मंगलबार कच्चा तेलको मूल्यमा एक प्रतिशत गिरावठ आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बीबीसीका अनुसार मंगलबार ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारल ९८.४० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अमेरिकामा हुने कारोबारमा भने अझै बढी १.७ प्रशित घटेर। ९७.४० डलर प्रतिब्यारलमा कारोबार भइरहेको बीबीसीले लेखेका छ ।

ट्रम्पले सोमबार इरानबाट सम्झौताका लागि फोन आएको बताएका थिए । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, ‘हामीलाई दोस्रो पक्ष(इरान)बाट फोन आएको छ । उनीहरू सम्झौता गर्न चाहन्छन् ।’

अमेरिकी सञ्चार संस्था न्युयोर्क टाइम्सले इरानले पाँच वर्षसम्म युरेनियम सम्बर्द्धन रोक्न सहमति जनाउँदै अमेरिकासँग प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो । तर अमेरिकाले २० वर्षको सर्त राखेपछि इरानले अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

यही विषयमा मध्यमार्गी प्रस्ताव आएर शान्ति सम्झौता हुनसक्ने र फेरि दोस्रो चरणमा वार्ता हुनसक्ने चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?