+
+
Shares

श्रीमान्‌लाई फोन गरेर ‘मर्न’ लागेको बताएकी महिलाको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिका–२७ सुनाकोठीकी ४३ वर्षीया महिलालाई प्रहरीले जंगलबाट सकुशल उद्धार गरेको छ।
  • महिलाको श्रीमान्ले भिडियो कलमार्फत 'मर्न' लागेको जानकारी प्रहरीलाई दिएका थिए।
  • प्रहरी टोलीले खोजतलास गरी महिलालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ।

१ वैशाख, काठमाडौं । श्रीमान्‌लाई भिडियो कलमार्फत ‘मर्न’ लागेको जानकारी गराएकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

ललितपुरको महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले गरेको फोन संवादबारे श्रीमान्‌ले प्रहरीलाई जानकारी गराएकी थिए ।

लगत्तै जिल्ला प्रहरी परिसर, ललितपुरको टोली खोजतलासमा खटिएको थियो ।

सो क्रममा ती महिलालाई सुनाकोठीको जंगलबाट फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती महिलालाई आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?