१ वैशाख, बैतडी । बैतडीमा भरतीय नम्बरको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कञ्चनपुरदेखि बैतडीको शिवनाथ जाँदै गरेको एच आर ५५ ए एच ९८३३ नम्बरको भरतीय नम्बरप्लेटको कार मंगलबार दिउँसो साढे ४ बजे दुर्घटना भएको हो ।
घाइते हुनेमा चालक बैतडीको शिवनाथ गाउँपालिका–६ का २७ वर्षीय भरत दयाल, सोही ठाउँका २८ वर्षीय महेश सुतार र २६ वर्षीय जयराज दुलाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपककुमार रायले जानकारी दिए ।
घाइते सुतारको टाउको र आँखामा चोट लागेको छ भने दुलालको टाउको तथा छातीमा चोट लागेको छ ।
घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4