२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो २ बजेका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यो पूर्वनिर्धारित बैठक हो ।
कार्यसम्पादन बैठकअघि कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक बस्न लागेको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4