+
+
Shares

ओलीको आईसीयूमै उपचार, अझै तीन दिन अस्पताल बस्नुपर्ने

गत सोमबार पित्तथैलीमा भएको ढुंगा निकालेदेखि ओली आईसीयूमा उपचाररत छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १३:५८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पित्तथैलीको ढुंगा निकालेर आज साँझसम्म वार्डमा सार्ने तयारी भइरहेको छ।
  • ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अझै तीन चार दिन अस्पताल बस्नुपर्ने चिकित्सकले बताएका छन्।
  • सर्वोच्च अदालतले अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको र प्रहरीले ओलीलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो।

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज साँझसम्म वार्डमा सार्ने तयारी भइरहेको छ ।

गत सोमबार पित्तथैलीमा भएको ढुंगा निकालेदेखि ओली आईसीयूमा उपचाररत छन् ।

ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्था सामान्य नै छ ।

‘पित्तथैलीमा भएको ढुंगा ल्योप्रोस्कोपी विधिबाट निकालेका थियौं । आज साँझ वार्डमा सार्ने तयारी गरेका छौं,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘ अहिले स्वास्थ्य अवस्था सामान्य नै छ ।’

ती चिकित्सकका अनुसार ओलीले अझै तीन चार दिन अस्पताल बस्नुपर्ने हुन्छ ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । सोही अनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?