+
+
Shares

‘५० प्रभावशाली महिला’ को सम्मानपछि शान्तिश्री : थप जिम्मेवारी र कर्तव्यबोध बनाएको छ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १६:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका शान्तिश्री परियारलाई मुलुकका ५० प्रभावशाली महिलाको सूचीमा समावेश गरिएपछि अनलाइनखबरको कार्यालयमा सम्मान गरिएको छ।
  • परियारले सम्मानले आफूलाई थप जिम्मेवारी र कर्तव्यबोध बनाएको उल्लेख गर्दै ट्रफी र प्रमाणपत्र ग्रहण गरेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
  • शान्तिश्रीले १६ वर्षको उमेरमा संगीत सपना लिएर काठमाडौं आएर लोक र पाश्र्वसंगीत क्षेत्रमा संघर्षशील र सम्मानित नाम बनाएकी छन्।

काठमाडौं । गायिका शान्तिश्री परियारले ‘मुलुकका ५० प्रभावशाली महिला’ को सूचीमा छनोट हुँदा आफूले गौरवान्तित महसुस गरेको बताएकी छन् । अनलाइनखबरको कार्यालयमा आइपुगेर बुधबार उनले सम्मान ग्रहण गरेकी हुन् ।

प्रधानसम्पादक बसन्त बस्नेतले गायिका परियारलाई सम्मानस्वरुप ट्रफी र प्रमाणपत्र प्रदान गरे । ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा अन्य सम्मानित महिलाले अवार्ड ग्रहण गरेपनि शान्तिश्री त्यहाँ पुगेकी थिइनन् ।

अवार्ड ग्रहणका तस्वीर सामाजिक सञ्जालबाट सेयर गर्दै परियारले उत्साह व्यक्त गरेकी छन् । यो सम्मानले आफूलाई थप जिम्मेवारी र कर्तव्यबोध बनाएको उनले उल्लेख गरेकी छन् ।

‘यति सुन्दर र गर्विलो उपाधि’ लेख्दै उनले ट्रफी र प्रमाणपत्र ग्रहण गर्दाका तस्वीर सेयर गरेकी छन् ।

परियार लेख्छिन् : यति सुन्दर गर्विलो उपाधि । वर्षको सर्वोत्कृष्ट प्रभावशाली ५० महिलामा सम्मानित हुन पाउँदा असाध्यै गौरवान्वित महसुस गरेकी छु । पूर्वनिर्धारित कार्यक्रम र कार्यव्यस्तताको कारणले सशरीर उपस्थित भएर ग्रहण गर्न नपाए पनि, आज अनलाइनखबरकै कार्यालयमा गएर यो प्राप्त सम्मान लिएर आएको छु । यो सम्मानले मलाई थप जिम्मेवारी र कर्तव्य बोध बनाएको छ । यो सम्मानजनक उपाधिको लायक बनाई यस उचाइसम्म पुर्‍याइदिनुहुने सम्पूर्ण दर्शक श्रोताप्रति समर्पित गर्न चाहन्छु । धन्यवाद सम्पुर्ण टिम अनलाइन खबर प्रति । जय सरस्वती माता ।’

शान्तिश्री लोक र पाश्र्वसंगीत क्षेत्रकी चर्चित गायिका हुन् । अहिलेकी ब्यस्त र डिमान्डेड गायिका शान्तिीले पछिल्लो समय एकपछि अर्को हिट गीत दिएकी छन् । उनको ब्यस्तता लोकसंगीत मात्र होइन, पछिल्लो पटक चलचित्र संगीतमा पनि हुन थालेको देखिन्छ ।

१६ वर्षको उमेरमा संगीत सपना देखेर काठमाडौं छिरेकी शान्तिश्री अहिले घरेलु संगीतकै सम्मानित र संघर्षशील नाम हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?