+
+
Shares

प्रतिपक्षी दलका नेताहरूसँगको छलफल सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १३:४५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित कार्यकक्षमा प्रतिपक्षी दलका नेताहरूसँग संसदीय समिति सभापति चयनबारे छलफल गरिरहेका छन्।
  • नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरू छलफलमा सहभागी छन् र मनोनयन दर्ता आज दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको छ।
  • संसदीय समितिका लागि उम्मेदवारहरूको सूची आज दिउँसो साढे ४ बजे प्रकाशन गरिनेछ र संघीय संसद्मा १६ वटा समिति रहेका छन्।

३ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू सहभागी छन् ।

छलफल संसदीय समिति सभापति चयन लगायतबारेमा केन्द्रित रहेको बताइएको छ ।

संसदीय समिति सभापतिका लागि आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?