+
+
Shares

प्रधानमन्त्रीले साढे २ घण्टा सुने मुख्यमन्त्रीका कुरा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग साढे दुई घण्टा छलफल गरेका छन्।
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्रीले धैर्यतापूर्वक हाम्रा कुरा सुनेको बताए।
  • प्रधानमन्त्रीले नागरिकका अपेक्षा पूरा गर्ने गरी संघ र प्रदेश सरकारहरूले काम गर्न आवश्यक रहेको उल्लेख गरे।

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग साढे २ घण्टा छलफल गरेका हुन् ।  प्रधानमन्त्रीले धैर्यतापूवर्क आफूहरूका कुरा सुनेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

‘छलफल दुई घण्टा भनिएको थियो । प्रधानमन्त्रीले त्यो भन्दा पनि बढी समय धैर्यतापूर्वक हाम्रा कुरा सुन्नुभयो,’ मुख्यमन्त्री बानियाँले अनलाइनखबरसँग भने ।

उनका अनुसार मुख्यमन्त्रीहरूको कुरा सुनेपछि प्रधानमन्त्री बालेनले संक्षेपमा आफ्नो कुरा राखेका थिए । उनले नागरिकका अपेक्षा पूरा गर्ने गरी संघ र प्रदेश सरकारहरूले काम गर्न आवश्यक रहेको बताएका थिए ।

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलमा बोलाएका थिए । तर, कोशी र सुदूरपश्चिमबाहेकका मुख्यमन्त्री छलफलमा सहभागी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?