+
+
Shares

एडीबीसँग कृषिमा नयाँ सहकार्य : प्रशासनिक खर्च घटाउने मन्त्रीको नीति

भेटमा कृषि क्षेत्रका आयोजनालाई थप प्रभावकारी बनाउने र जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी र एडीबी कन्ट्री डाइरेक्टर अर्र्नोड काउचोइसबीच कृषि क्षेत्र विकास र लगानी विस्तारमा छलफल भएको छ।
  • मन्त्री चौधरीले अनावश्यक खर्च कटौती गरी रकम सिधै किसान र समुदायको हितमा खर्च हुनुपर्ने नीति अघि सारिन्।
  • एडीबीको सहयोगले ग्रामीण अर्थतन्त्र बलियो बनाउन भूमिका खेलेको उल्लेख गर्दै जलवायुमैत्री कृषि प्रणालीमा लगानी केन्द्रित गर्न आग्रह गरियो।

३ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी र एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्र्नोड काउचोइसबीच कृषि क्षेत्र विकास र लगानी विस्तारका विषयमा छलफल भएको छ ।

मन्त्रालयमा बिहीबार भएको भेटमा कृषि क्षेत्रका आयोजनालाई थप प्रभावकारी बनाउने र जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो ।

भेटमा मन्त्री चौधरीले वैदेशिक लगानीका आयोजनामा हुने अनावश्यक खर्च कटौती गर्ने नयाँ नीति अघि सारिन् । उनले आयोजनाको रकम गोष्ठी र होटलका कार्यक्रममा भन्दा पनि सिधै किसान र समुदायको हितमा खर्च हुनुपर्ने धारणा राखिन् ।

बिउबिजन र नर्सरी व्यवस्थापनका समस्या समाधान गर्दै परियोजनालाई द्रुत गतिमा अघि बढाउन मन्त्रालय सक्रिय रहेको उनको भनाइ थियो ।

छलफलमा एडीबीले अघि सारेको हरित तथा उत्थानशील वित्तीय सुविधा, निजी क्षेत्रको संलग्नता र कृषिमा नवप्रवर्तन जस्ता विषयमा छलफल भएको थियो ।

मन्त्री चौधरीले एडीबीको सहयोगले नेपालको ग्रामीण अर्थतन्त्र बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा जलवायुमैत्री कृषि प्रणालीमा लगानी केन्द्रित गर्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?