+
+
Shares

सभामुखको प्रतिबद्धता- संसद्‌मा पत्रकारको पहुँच सहज बनाउँछु

अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित हुन नसकेको भनेर पत्रकारहरूले सभामुखको ध्यानाकर्षण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:४१

४ वैशाख, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले संंसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारहरूको पहुँच सहज बनाउने प्रतिबद्धता जनाएका छन् ।

संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

पछिल्लो समय पत्रकारहरूले संसद भवन प्रवेश कठिनाइ भोग्दै आएका छन् । पत्रकारका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभा कक्ष पुग्ने गेट फरक–फरक छ । प्राविधिक झन्झट र फोटो खिच्ने क्रममा हुने सुरक्षा कडाइले समाचार संकलनमा अवरोध सिर्जना भइराखेको छ ।

अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित हुन नसकेको भनेर पत्रकारहरूले सभामुखको ध्यानाकर्षण गरे ।

जवाफमा सभामुख अर्यालले हालको संसद् भवन अस्थायी संरचनामा रहेकाले केही व्यावहारिक कठिनाइ उत्पन्न भएको बताए । नयाँ र स्थायी संसद् भवन निर्माण सम्पन्न भएपछि भौतिक संरचनाका कारण देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

संसद् र प्रेसको सम्बन्ध लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उनले संसदीय गतिविधिहरूको पारदर्शी र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारहरूको पहुँचलाई सहज बनाउन र आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?