+
+
Shares

पशुपति क्षेत्रका अनधिकृत संरचनामा महानगरले चलायो डोजर

काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका ५ वटा टहरा डोजर चलाएर हटाएको छ।
  • महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले कोषबाट अनुरोध भएअनुसार अनधिकृत संरचना हटाइएको बताए।
  • निर्वाचन र आचारसंहिताका कारण रोकिएको अनधिकृत संरचना हटाउने कार्य अब तीव्रताका साथ अघि बढ्ने उनले खुलाएका छन्।

४ वैशाख, काठमाडौं । काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ ।

महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका त्यस्ता संरचनामा डोजर चलाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए ।

उनले कोषबाट अनुरोध भएअनुसार नै अनधिकृत संरचना हटाइएको बताए । केहि समयअघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनधिकृत संरचना हटाउने कार्य रोकिएकोमा अब भने तीव्रताका साथ काम अघि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?