News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाका सामुदायिक विद्यालयहरुमा वैशाख ७ गतेबाटै पठनपाठन सुरु हुने भएको छ।
- जिल्ला समन्वय समितिको बैठकले संघीय सरकारले गरेको परिपत्र व्यवहारिक नभएको भन्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
- पालिका प्रमुखहरुले नयाँ शिक्षा ऐन यथाशीघ्र निर्माण गर्न र बजेट रोक्का फुकुवा गर्न माग गरेका छन्।
६ वैशाख, गोरखा । जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो ।
शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन, भर्ना लगायतका विषयमा सार्वजनिक भएका परिपत्रहरुप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
संघीय सरकारले गरेको परिपत्र र निर्देशन अनुसार पठन कार्यघण्टा नपुग्ने र शैक्षिक सत्र तलमाथि हुने भएकाले उक्त अन्यौलता हटाउन नयाँ शिक्षा ऐन समेत यथाशीघ्र निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् । अभिभावकहरुको मागलाई समेत मध्यनजर गर्दै सोमबारबाट भर्ना अभियान र पठनपाठन एकैसाथ सञ्चालन गर्न लागिएको उनीहरुले जानकारी गराएका छन् ।
चालु आर्थिक वर्ष जिल्लाका विभिन्न विकासे आयोजनाहरुका लागि संघ सरकारबाट विनियोजित बजेट रोक्का राखेकाले फुकुवा गरिदिन पनि उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया 4