+
+
Shares

एकतर्फी खुल्यो बीपी राजमार्ग

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते ९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीपी राजमार्ग डाइभर्सन बगाएपछि अवरुद्ध भएको थियो, अहिले बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको छ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले मर्मत गरी हाललाई एकतर्फी बाटो सुचारु गरिएको बताए।
  • प्रहरीले लेन अनुशासन कायम राखेर यात्रा गर्न र सडकबारे जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

६ वैशाख, काभ्रे । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले भने, ‘डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको छ ।’

पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।

प्रहरीले लेन अनुशासन कायम सावधानीपूर्वक यात्रा गर्न अनुरोधसमेत गरेको छ । साथै बाटोको अवस्थाबारे कुनै जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?