+
+
WC Series
Nepal
122/8 (18.5)
VS
UAE
0/0
Shares

‘ओली–लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने सानुभाइ समातिए

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १८:०३

७ वैशाख, काठमाडौं । ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय सानुभाई भनिने साजन बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले सानुभाई नामको फेसबुक आईडीबाट ओली, लेखक र पूर्वउर्जा मन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न भनेका थिए । अन्यथा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्न टिम बाध्य हुने बताएका थिए ।

जसका लागि एके४७ जस्ता अध्याधुनिक हितयारहरु काठमाडौं भित्रिसकेको बताएका थिए । यसरी धम्की दिने सानुभाईलाई सिनामंगलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीलेब ताए । पक्राउ परेका उनीविरुद्ध साइबर कसुरमा अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ ।

उनी पछिल्लो पाँच वर्षदेखि भारतको बैंग्लोरमा बस्दै आएका थिए । जहाँ उनले फेन्सी स्टोरमा काम गर्ने गरेको पाइएको छ । उनी भारतमा रहँदा पनि विभिन्न अपराधमा मुछिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?