News Summary
Generated by OK AI. Editorially reviewed.- गणेशदेव पाण्डे निर्देशित फिल्म 'पारी बुटोल'को टिजर युट्युबमा सार्वजनिक भएको छ।
- फिल्म ग्याङ्स्टर जनरामा आधारित भए पनि पात्रको परिवार, संघर्ष र सफलता प्राप्तिको कथावस्तु रहेको निर्देशक पाण्डेले बताए।
- फिल्म बुटवलमा छायांकन गरिएको छ र त्यहाँको वास्तविक परिवेश र स्थानीय पात्रहरूको भोगाइ समेटिएको छ।
काठमाडौं । गणेशदेव पाण्डे निर्देशित फिल्म ‘पारी बुटोल’को टिजर युट्युबमा सार्वजनिक भएको छ । निर्माताले प्रदर्शन मिति उल्लेख नगरिकनै पहिलो टिजर दर्शकमाझ ल्याएका हुन् ।
ग्याङस्टर जनरामा आधारित फिल्मको टिजरमा प्रमुख पात्रको लुक्स, चरित्र र कथालाई संक्षिप्तरुपमा प्रस्तुत गरिएको छ । अहिलेका चर्चित र्यापर भियोमाको हिपहप ट्रयाकलाई टिजरको नेपथ्यमा प्रस्तुत गरिएको छ ।
अभिनय, महेश पौडेलको छायाङ्कन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र भियोमाको गीतले टिजरलाई आकर्षक तुल्याएको छ ।
पटकथा लेखक तथा निर्देशक पाण्डेले यो फिल्म ग्याङ्स्टरभन्दा पनि पात्रको परिवार, संघर्ष र सफलता हासिल गर्न उनीहरूले गर्ने चलखेलको कथावस्तु रहेको बताए ।
बुटवलमा छायांकन गरिएको फिल्मले त्यहाँको वास्तविक परिवेशलाई समेटेको निर्देशक पाण्डेको भनाइ छ । पात्रहरू त्यहाँकै स्थानीय बासिन्दा र उनीहरूको भोगाइबाट प्रेरित रहेको जनाइएको छ ।
बोलीचालीदेखि शारीरिक हाउभाउसम्मलाई वास्तविक जीवनका घटना र अनुभवबाट लिइएको जनाउँदै पाण्डेले कथाको सत्यतालाई थप गहिरो बनाउँदै दर्शकसँग सिधै जोड्ने विश्वास लिएको बताए ।
ल्याक्सी श्रेष्ठले निर्माण गरेको फिल्ममा मनीषा अधिकारी सह–निर्माताको रूपमा छन् । अनुप बराल, दीया मास्के, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरलप्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठको अभिनय छ ।
प्रतिक्रिया 4