+
+
WC Series
Nepal
122/8 (18.5)
VS
८६ बलमा ७९ रन आवश्यक
UAE
44/3 (5.4)
Shares

प्रतिनिधिसभा नियमावलीमाथि छलफल : महाअभियोगको विषयमा जुटेन सहमति

कसैमाथि लागेको महाअभियोग सम्बन्धित प्रतिनिधिसभाको कार्यकालभर पास वा फेल नभए के गर्ने भन्ने विषयमा सहमति जुटेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा नियमावलीमाथिको छलफल आज पनि टुंगिएको छैन र महाअभियोग सम्बन्धित विषयमा सहमति जुटेको छैन।
  • नियमावली मस्यौदा समितिको बैठक मंगलबार मध्यान्न १२ बजे बस्ने र दिउँसो ३ बजे सभामुखलाई बुझाउने तयारी छ।
  • मस्यौदा समितिमा १३ सदस्य छन् र केही सीमित विषयमा छलफल गरेर नियमावलीको मस्यौदा टुंगोमा पुर्‍याउने योजना छ।

७ वैशाख, काठमाडौं । प्रतिनिधिसभा नियमावलीमाथिको छलफल आज पनि टुंगिएन । कसैमाथि लागेको महाअभियोग सम्बन्धित प्रतिनिधिसभाको कार्यकालभर पास वा फेल नभए के गर्ने भन्ने विषयमा सहमति जुटेको छैन ।

यी लगायतका विषयमा छलफल गर्न नियमावली मस्यौदा समितिको बैठक मंगलबार मध्यान्न १२ बजे बैठक राखिएको छ ।

मंगलबार नै मस्यौदा समितिले पाएको समयाअवधि सकिँदैछ । मध्यान्ह १२ बजे बैठक बसेर सहमति जुट्न बाँकी विषयमा सहमति जुटाएर दिउँसो ३ बजे सभामुखलाई बुझाउने तयारी छ ।

प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल सदस्य रहेका छन् ।

केही सीमित विषयमा छलफल गरेर भोलि नियमावलीको मस्यौदा टुंगोमा पुर्‍याइने समिति सदस्य यज्ञमणि न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?