+
+
WC Series
Nepal
0/0
VS
UAE
128/8 (20)
Shares

पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेविसंघको माग

विरोध लोकतन्त्रको आत्म भएको भन्दै नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल निसर्त रिहा गर्नुपर्ने माग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न आग्रह गरेको छ।
  • नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीहरूलाई तत्काल रिहा नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
  • नेविसंघले गृहमन्त्री गुरुङको सम्पत्तिको स्रोत सार्वजनिक गरी सत्यतथ्य स्पष्ट पार्न र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न माग गरेको छ।

८ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने  क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेपाल विद्यार्थी (नेवि) संघले माग गरेको छ ।

नेविसंघका कार्यवाहक सभापति नविन पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विरोध लोकतन्त्रको आत्म भएको भन्दै नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल निःसर्त रिहा गर्नुपर्ने माग गरेको हो ।

पक्राउ परेका विद्यार्थीहरूलाई अविलम्ब रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उसले दिएको छ ।

गृहमन्त्री गुरुङको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने, सत्यतथ्य स्पष्ट पार्न तथा तत्काल राजीनामा दिई निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुपर्ने नेविसंघले माग गरेको छ ।

गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने क्रमममा नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट,सीटीईभीटी अध्यक्ष कुम्मरोज देउवा तथा विद्यार्थी नेताहरू नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विसाल बिसीलाई पक्राउ गरेको नेविसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?