+
+
Shares

गैंडाकोटको सिस्नेमा सरकारी गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

तीव्र गतीमा थियो गाडी, गाडीभित्र भेटियो बियरको कार्टुन

ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका)को रहेको प्रहरीले जनाएको छ । तीव्र गतीमा रहेको सो गाडीभित्र बियरको कार्टुन भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
  • बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको हो।
  • दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

९ वैशाख, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

तीव्र गतीमा थियो गाडी, गाडीभित्र भेटियो बियरको कार्टुन

ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका)को रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार सो गाडी तीव्र गतिमा थियो । एउटा लेनमा भएको गाडी अर्को लेनमा करिब एक सय मिटर अगाडि पुगेर मात्रै रोकिएको थियो । सो गाडीभित्र अर्ना बियरको कार्टुन समेत फेला परेको छ ।

दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए । उनीहरुले घाइतेलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाएका थिए । गाडीमा अरु कोको थिए भन्ने खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?