+
+
Shares

तेस्रो त्रैमाससम्म देशभरि ५४८ किलोमिटर नयाँ सडक कालोपत्र

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधि (साउन–चैत)सम्म देशभरि ५४८ किलोमिटर नयाँ सडकमा कालोपत्रे गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्म देशभरि ५४८ किलोमिटर नयाँ सडक कालोपत्रे गरिएको छ।
  • यस आवमा दुई लेन सडक ८ सय किलोमिटर र चार लेन सडक १०९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।
  • सडक विभागले ९ महिनामा ११८ वटा पुल निर्माण गरी ३ हजार ८७१ कार्यदिन बराबर रोजगारी सिर्जना गरेको छ।

९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधि (साउन–चैत)सम्म देशभरि ५४८ किलोमिटर नयाँ सडकमा कालोपत्र गरिएको छ ।

सडक विभागका अनुसार चैत मसान्तसम्म दुई लेन सडक ४७४ र चार लेन सडक ७४ किलोमिटर नयाँ कालोपत्र भएको हो । चालु आवमा सरकारले कुल ८ सय किलोमिटर दुई लेन सडक कालोपत्र गर्ने लक्ष्य लिएको छ ।

जसमध्ये ९ महिनामा ५० प्रतिशत माथि प्रगति भएको देखिन्छ । यस आवमा चार लेन सडक भने १०९ किलोमिटर नयाँ कालोपत्र गर्ने लक्ष्य थियो । जसको प्रगति ६७ प्रतिशत हाराहारी भएको देखिन्छ ।

यस अवधिमा पुल निर्माण भने ११८ वटा भइसकेका छन् । यस वर्ष सरकारले १६२ वटा पुल निर्माणको लक्ष्य राखेको छ । विभागका अनुसार यस अवधिमा बेली ब्रिज जडान ३ वटा भएका छन् । कुल ५ बेलीब्रिज जडानको लक्ष्य रहेको छ ।

यस वर्ष क्र्यास बेरियर ३७ हजार १४२ मिटर राखिएको छ । राजमार्ग मर्मत भने ७१ किलोमिटर बराबर भएको सडक विभागको तथ्यांक छ । राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नति ५२ किलोमिटर बराबर भएको छ ।

यस वर्ष ९ महिनामा सडक विभागमार्फत कुल ३ हजार ८७१ कार्यदिन बराबर रोजगारी सिर्जना भएको तथ्यांकमा उल्लेख छ । विभागले ९ महिनामा ४४ अर्ब रुपैयाँ बराबर कुल बजेट खर्च गरेको छ । यस वर्ष विभागले १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?