+
+
Shares

खाद्य वस्तुको गुणस्तर र स्वच्छता अनुगमन अब प्रदेश र पालिकाले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन गर्ने जिम्मा अबदेखि प्रदेश र स्थानीय तहलाई दिइएको छ।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउन लागेको हो।
  • स्थानीय तहहरूले आफ्नै कानुन अनुसार खाद्य निरीक्षक नियुक्त गर्न र गुणस्तर जाँच गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।

९ वैशाख, काठमाडौं । अबदेखि खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा नियमन गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार बजार अनुगमनमा प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउन लागेको हो ।

अब प्रदेशले आफ्नो प्रदेशभित्र र स्थानीय तहले आफ्नो पालिका क्षेत्रभित्र बिक्री वितरण हुने खाद्य पदार्थको गुणस्तर जाँच र नियमन गर्नेछन् ।

ऐनमा भएको व्यवस्थालाई प्रभावकारी बनाउन गरिएको मन्त्रालयको यो निर्णयले उपभोक्ताको स्वास्थ्य अधिकारलाई स्थानीय स्तरबाटै सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

यो अधिकारलाई कार्यान्वयन गर्नका लागि स्थानीय तहहरूले अब आफ्नै कानुन अनुसार खाद्य निरीक्षक नियुक्त गर्न सक्नेछन् ।

योग्यता पुगेका व्यक्तिलाई खाद्य निरीक्षकमा नियुक्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?