News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमकोट जिल्ला अदालतले कोइली शाही मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका परिचन्द्र खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
- साढे ९ महिनापछि खत्री अदालतमा उपस्थित भएका थिए र प्रारम्भिक अनुसन्धानबाट पर्याप्त आधार देखिएपछि थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने निर्णय गरिएको हो।
- पीडित पक्षले अदालत परिसर अगाडि पर्चा–पम्पलेटसहित प्रदर्शन गर्दै न्यायको माग गरेका थिए र अनुसन्धान प्रक्रिया जारी रहेको अदालतले जनाएको छ।
९ वैशाख, रुकुमपूर्व । कोइली शाही मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका परिचन्द्र खत्रीलाई रुकुमकाेट अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
रुकुमकोटस्थित जिल्ला अदालतले साढे ९ महिनापछि अदालतमा उपस्थित भएका खत्रीमाथि प्रारम्भिक अनुसन्धानबाट पर्याप्त आधार र प्रमाण देखिएको ठहर गर्दै थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।
खत्री आज आफैं अदालतमा उपस्थित भएका थिए ।
सुनुवाइका क्रममा पीडित पक्षले अदालत परिसर अगाडि पर्चा–पम्पलेटसहित प्रदर्शन गर्दै न्यायको माग गरेका थिए।
घटनासम्बन्धी थप अनुसन्धान र अदालती प्रक्रिया जारी रहेको अदालतले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4